दफा
समितिको काम, कर्तव्य र अधिकार

५.१ बीउ बिजन सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न नेपाल सरकारलाई परामर्श दिने ।
५.२ बीउ बिजन उत्पादन, प्रशोधन, भण्डारण, प्याकेजिङ्ग तथा वितरण कार्यमा प्रदेश सरकार तथा स्थानीय तह र निजी क्षेत्रबीच समन्वय कायम गरी बीउ बिजनको _ गुणस्तर नियन्त्रण तथा मापदण्ड निर्धारणमा एकरुपता ल्याउने ।
५.३ बीउ बिजन उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।
५.४ नेपालभित्र उत्पादन वा बाहिरबाट आयात भई बिक्री वितरण हुने बीउ बिजनको गुणस्तर नियमित तथा नियन्त्रण गर्ने गराउने ।
५.५ नयाँ जातको बीउ बिजनहरू तोकिएबमोजिम अनुमोदन, उन्मोचन (रिलीज) र दर्ता गर्ने ।
५.६ नयाँ जातको बीउ बिजनको विशिष्टता, एकरूपता र स्थायित्व परीक्षण गरी तोकिएबमोजिम प्रजनकलाई स्वामित्वको अधिकार प्रदान गर्ने ।
५.७ बीउ बिजनको गुणस्तर निर्धारण गर्ने ।
५.८ स्वदेशी वा विदेशी निकायहरूद्वारा निर्धारित बीउ बिजनको गुणस्तरलाई आवश्यकता अनुसार अनुमोदन गर्ने ।
५.८क बीउ बिजन सम्बन्धी सेवा शुल्कको सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने,
५.८ख बालीको किसिम र जात सूचित गर्ने सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने,
५.८ग कसैले अनुमतिपत्र नवीकरण नगराई प्रयोगशाला सञ्चालन गरेको पाइएमा सोको अनुमतिपत्र खारेज गर्ने,
५.८घ बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक तथा बीउ बिजन विश्लेषकको रूपमा काम गर्न अनुमति दिनको लागि परीक्षा लिने ।
५.८ङ समितिको निर्णयहरु प्रदेश मन्त्रालय, प्रदेश बीउ बिजन समिति र बीउ बिजन परीक्षण प्रयोगशाला लगायत अन्य सम्बन्धित निकायमा लेखी पठाउने,
५.८च प्रदेश बीउ बिजन समिति वा स्थानीय बीउ बिजन व्यवस्थापन समितिले बीउ बिजन सम्बन्धमा परामर्श माग गरेमा आवश्यक परामर्श दिने,
५.८छ राष्ट्रिय र प्रदेशस्तरमा परम्परागत रुपमा प्रयोग भइरहेका र लोपोन्मुख जातका बीउ बिजनको पहिचान गरी तिनको संरक्षणको लागि राष्ट्रियस्तरमा जीन बैङ्क र प्रदेशस्तरमा सामुदायिक: बीउ बिजन बैङ्क स्थापना गर्न आवश्यक प्राविधिक-र नीतिगत काम गर्ने,
५.९ बीउ बिजनसम्बन्धी अन्य आवश्यक काम कारवाही गर्ने ।